Rule 65
हाई भोल्टेजमा लिकेजको खतरा
(१) ३,३०० भोल्टको विद्युत प्रणलीको इन्सुलेशन रेजिस्टायन्स कम्तीमा २० मेगाओहम हुनु पर्नेछ ।
(२) ३,३०० भोल्ट भन्दा माथि प्रत्येक थप १००० भोल्टको विद्युत प्रणालीको इन्सुलेशन रेजिस्टायन्सको हिसाब गर्दा २० मेगाओहममा १ मेगाओहम थप गरी इन्सुलेशन रेजिस्टायन्सको हिसाब गर्नु पर्नेछ
(३) उपनियम (१) र (२) बमोजिम इन्सुलेशन रेजिस्टायन्स नभएको विद्युत प्रणाली संचालन गर्नु हुँदैन ।